२५ जेठ २०८३, सोमबार

मलेसियाका गृहमन्त्री र श्रममन्त्री अर्यालबीच भेट : नेपाली श्रमिकको ज्याला वृद्धिबारे छलफल

मलेसियाका गृहमन्त्री र श्रममन्त्री अर्यालबीच भेट : नेपाली श्रमिकको ज्याला वृद्धिबारे छलफल

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। 

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेट भएको हो। मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ। भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल भएको छ। 

बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरह सेवा सुविधा दिने कुरामा छलफल भएको बताए।

उनले नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा स्किल सिकाएर पठाउने कुरामा छलफल भएको बताए। उनले भने, ‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ । श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ । हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ताअनुसार सुधार गर्नेछौँ । नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ । हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ ।’

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले  नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएका र त्यसमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेका बताए। ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेका उनको भनाइ थियो। 

उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूल नीति निर्माण गरिरहेको र त्यसबारे पनि बैठकमा छलफल भएको बताए। उनले कामदारहरूका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताए। 

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले  नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरू मलेसिया गएका र त्यसमध्ये १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आबद्ध रहेका बताए। ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेका उनको भनाइ थियो। 

उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकूल नीति निर्माण गरिरहेको र त्यसबारे पनि बैठकमा छलफल भएको बताए। उनले कामदारहरूका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको बताए। 

salt training

कमेन्ट गर्नुहोस्