२३ जेठ २०८३, शनिबार

युक्रेनमा लडिरहेको अमेरिकी सैन्य समूह मोजार्ट त्यहाँबाट पलायन

माघ २०, २०७९
युक्रेनमा लडिरहेको अमेरिकी सैन्य समूह मोजार्ट त्यहाँबाट पलायन

युक्रेनी सैनिकहरूलाई प्रशिक्षण तथा सहायता दिनका लागि कार्यरत अमेरिकी सैन्य समूह मोजार्टमाथि भ्रष्टाचारको आरोप लागेको छ । 

त्यसका साथै उक्त समूहले युक्रेनको नेतृत्वविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप पनि छ । 

अमेरिकाका पूर्व मरिन सैनिक एवं मोजार्टका नेता एन्ड्रु मिलबर्नले कम्पनीको फन्ड डाइभर्ट गरेको पनि बताइएको छ । 

मिलबर्नले आर्थिक अनियमितताका अधिकांश आरोप निराधार भएको बताए । 

मोजार्टका लडाकूहरूले रुसी सेनासँग भिडिरहेको अनि सेना र नागरिकलार्य आफूले प्रशिक्षण दिएको तर युक्रेनी नेताहरूले रकम भुक्तानी नगरेको उनको भनाइ छ । 

हजारौं विदेशी स्वयंसेवकहरू युक्रेनमा आएको र नागरिकहरूलाई बचाएको मिलबर्न बताउँछन् । आफूहरूले करोडौं रुपैयाँ पनि जुटाइदिएको तर अहिले पैसा सकिन थालेको र पर्याप्त फन्ड नदिइएको उनको भनाइ छ । 

गत सेप्टेम्बर महिनाबाट नै मोजार्टले फन्ड पाउन छोडेको थियो । नोभेम्बर महिनासम्म मोजार्टसँग पैसा थोरै भएकाले तलब खुवाउन पनि धौधौ परेको थियो । 

त्यसैले मोजार्ट समूह युक्रेन छोडेर जान लागेको छ । त्यो नयाँ नामका साथ फर्किने मिलबर्न बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्