२३ जेठ २०८३, शनिबार

बजार नपाएको भन्दै चितवनका किसानले सडकमै फाले तरकारी

बजार नपाएको भन्दै चितवनका किसानले सडकमै फाले तरकारी

तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा फालेका छन्। 

भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्। 

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुनेलगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले लगाएका छन् । 

बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूले गुनासो गरेका छन्। उनीहरूले सडकमा आएपछि सबैको आँखा पर्ने भन्दै फालेर विरोध जनाएको बताएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्