
भूमि सुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख कमोद तिवारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
युवा स्पोर्ट्स क्लबको १ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा तिवारीसहित ४ कर्मचारी र दुई अन्य व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा पर्सा मालपोतका तत्कालीन र हालका प्रमुख तिवारी तथा कर्मचारीहरू तत्कालीन नासु शम्भु साह रौनियार एवं खरिदारहरू शिवप्रकाश साह तेली र रिन्ता कुमारी छन् ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका- ३१ का शेष सफी अहमद र शेख साजिद एकवालविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत लिखत तयार गरी श्रेस्ता कायम गरेको पाइएको अख्तियारले जनाएको छ ।
हेर्नुहोस्, प्रतिवादी र मागदाबी :