
काठमाडौं महानगरपालिकाले ह्विलचियर प्रयोगकर्तालाई दुर्व्यवहार गरेको भन्दै राष्ट्रिय अपांग महासंघले आपत्ति जनाएको छ।
केही दिनअघि मखन तरणीबहाल मखनटोलमा मास्क बिक्री गरिरहेका ह्विलचियर प्रयोगकर्ता दोलखाका डिल्ली बहादुर कार्कीलाई महानगर प्रहरीले धरपकड गर्दै दुर्व्यवहार गरेको थियो।
उक्त घटनालाई अपांग महासंघले संयुक्त राष्ट्रसंघीय महासन्धिको अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक मर्यादाको सम्मानविपरीत भएको बताएको छ।
महानगरको उक्त कार्य पासवीय व्यवहार भएको र निन्दाको विषय मात्र नभई कानूनको घोर उल्लंघन भएको जनाएको छ।
त्यस्तो व्यवहार गर्ने व्यक्ति र निकायको अपराधिक कार्यलाई दण्डित गर्नुपर्ने माग गर्दै महासंघले अन्यथा घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी पनि दिएको छ।