०६ असार २०८३, शनिबार

अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' देखिएपछि खटपट, विदेशमन्त्रीको भ्रमण रद्द

माघ २१, २०७९
अमेरिकी आकाशमा 'चिनियाँ बेलुन' देखिएपछि खटपट, विदेशमन्त्रीको भ्रमण रद्द

अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि दुवै देशबीच खटपट शुरू भएको छ ।

चीनले शंकास्पद गतिविधि गरेको आरोप लगाउँदै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनको चीन भ्रमण रद्द गरिएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल पेट्रिक राइडरले स्पाई बेलुनले दिशा बदलेर मध्य अमेरिकाको आकाशमा देखिएको जानकारी दिए ।

उनका अनुसार नर्थ अमेरिकन एयरस्पेस डिफेन्स कमान्डले बेलुनमाथि निगरानी राखेको छ, यसको आकार ३ बस बराबर रहेको छ तर यस बेलुनबाट सर्वसाधारणलाई कुनै खतरा छैन ।

अमेरिका शैन्य विमानले पनि बेलुनमाथि निगरानी राखेका छन् । चीनले गोप्य सूचना संकलनका लागि बेलुन पठाएको हुनसक्ने अमेरिकी आशंका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले घटनाबारे तथ्य संकलन भइरहेको र अन्य देशको सम्प्रभूताको उल्लंघन गर्ने कुनै उद्देश्य नरहेको जनाएका छन् । उनले भने, ‘हामी आशा गर्दछौं कि दुवै पक्ष शान्ति र समाधानबाट मुद्दालाई समाधान गरौं ।’ चीनले अन्तर्राष्ट्रिय कानूनको पालना गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्