२२ जेठ २०८३, शुक्रबार

अमेरिकाको सुखसुविधा छाडेर ग्रामीण पुरुषसँग विवाह, यस्तो छ प्रेमकथा ! [भिडियो]

माघ २१, २०७९
अमेरिकाको सुखसुविधा छाडेर ग्रामीण पुरुषसँग विवाह, यस्तो छ प्रेमकथा ! [भिडियो]

भन्ने गरिन्छ – प्रेम प्राप्ति मात्रै होइन, त्याग पनि हो । अमेरिकाकी महिला केली जोयले प्रेममा त्याग पनि गर्नुपर्छ भन्ने उदाहरण देखाएकी छन् ।

अमेरिकाको सुखसुविधा, जागिर, घर, परिवार, देश सबै छाडेर उनी केन्याको ग्रामीण बस्तीमा विवाह गरेर आएकी छन् । केन्याका अल्बर्टसँग प्रेम गरेकी उनले विवाह गरेकी छन् ।

अमेरिकामा रहेको कार, पियानो र अन्य सामग्री उनले बेचेकी छन् भने उनी केन्या आएकी छन् । उनी धर्म प्रचारका लागि केन्या आएको बेला अल्बर्टसँग प्रेम भएको थियो । अमेरिकी महिलाले नै अल्बर्टलाई प्रेम प्रस्ताव राखेकी थिइन् भने अल्बर्टले स्वीकारेका थिए ।

केलीले भनिन्, ‘प्रेमले जे पनि गर्नसक्छ । तपाईंलाई अमेरिकाबाट केन्या पनि ल्याउन सक्छ । सायद ईश्वरलाई यही मन्जुर थियो ।’

विवाहपछि दुवैका २ बच्चा भएका छन् । दम्पती बालबच्चासँगै गाउँमा बसिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्