![तरकारी तथा फलफूलको आज यस्तो छ भाउ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/tarkari_yRstSnbPHv.jpg)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि निर्धारण गरेको बजारभाउ अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २६५ रुपैयाँ रहेको छ भने हरियो अंगुरको मूल्य १६५ रहेको छ ।
यसैगरी अनारको ३३३ रुपैयाँ ३३ पैसा, आलु रातोको २७, काउली तराईको २०, गुन्द्रकुको २७५, गोलभेडा ठूलो नेपालीको ४६ रुपैयाँ रहेको छ ।
यसैगरी लोकल घिउसिमीको ४६, चुकन्दरको ७५, तरुलको ६५ रुपैयाँ औसत मूल्य रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।
