१० साउन २०८३, आइतबार

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

नेकपा एसको केन्द्रीय समिति बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक शनिबार बस्दैछ ।

बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने जानकारी नेता गंगालाल तुलाधरले दिए ।


पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने जानकारी उनले दिए । बैठक ११ बजे ललितपुरको बालकुमारीमा बस्ने जानकारी तुलाधरले दिए । 

पछिल्लो समय सत्ता गठबन्धनमा खटपट आइरहेका बेला नेकपा एसका शीर्ष नेताले माओवादीका शीर्ष नेतासँग संवाद गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्