२४ जेठ २०८३, आइतबार

खाल्डोमा डुबेर बालिकाको मृत्यु

खाल्डोमा डुबेर बालिकाको मृत्यु

गौशाला नगरपालिका –१२ जमुनियामा रहेको निकेत ईट्टा भट्टाको पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सो ईटा भट्टामा काम गर्ने कामदार सर्लाही ब्रहमपुरी गाउँपालिका–६ नोकेलबा बस्ने रामपोषण माझीको छोरी १ वर्षीया रञ्जना माझीको आइतबार  मृत्यु भएको हो । 

पानीको खाल्डोमा खेल्ने क्रममा डुबेर अशक्त भएकी बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्