२६ जेठ २०८३, मंगलबार

खनियाबासमा औषधि अभाव

खनियाबासमा औषधि अभाव
प्रतिकात्मक तस्वीर

धादिङको खनियाबास गाउँपालिकामा रहेका ५ वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ ।

दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोल लगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ ।

झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधि समेत नभएको सेवाग्राही र स्वस्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य सेवाको मूल्यांकन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधि रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन् । 

‘वर्षमा एक पटक मात्रै औषधि आउने र बिरामीको संख्या बढी भएकाले औषधिको अभाव भएको हो,’ झर्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले भने । उनका अनुसार बिरामीलाई निःशुल्क वितरण गरिने औषधिमध्ये सिटामोल सकिन लागेकाले १–२ चक्की दिने गरेको तथा अन्य नियमित वितरण गरिने औषधि माघमै सकिएको छ ।

स्वास्थ्य चौकीमा देखिएको औषधिको अभावका विषयमा  आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलामान तामाङले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्