०५ साउन २०८३, मंगलबार

टर्कीमा भयंकर भूकम्पको प्रकोप, सयौंको मृत्यु

माघ २३, २०७९
टर्कीमा भयंकर भूकम्पको प्रकोप, सयौंको मृत्यु

टुर्किये (टर्की) मा सोमवार आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी सयौं मानिसको ज्यान गएको छ । 

भूकम्पका झड्काहरू टुर्कियेदेखि सिरियासम्म अनुभव गरिएका थिए । दुवै देशमा कैयौं घर भत्किएका छन् र विशाल संख्यामा मानिसहरू भग्नावशेषमा पुरिएका छन् । 

अहिलेसम्म एक हजारजनाको ज्यान गइसकेको अनुमान गरिएको छ र यो संख्या बढ्न सक्ने बताइएको छ । 

भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी टुर्किये हो र त्यो सिरिया नजिक छ । 

वर्षौंदेखि युद्धका कारण थिलथिलो बनेको सिरियालाई भूकम्पको कहरले सताएको छ ।

टुर्कियेको गाजीआनटेप शहर र सिरियाको अलेप्पो शहर भूकम्पबाट बढी प्रभावित छन् । 

टुर्कियेका १० शहरमा बढी क्षति पुगेको र त्यहाँ धेरै भवनहरू भत्किएको गृहमन्त्री सुलेमान सोयलुले बताएका छन् । 

उद्धार तथा राहत कार्यहरू जारी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्