०७ असार २०८३, आइतबार

नेविसंघका २ पक्षबीच झडप हुँदा प्रहरी परिचालन

नेविसंघका २ पक्षबीच झडप हुँदा प्रहरी परिचालन

काठमाडौंको नेपाल कमर्श क्याम्पस मीनभवनमा नेविसंघकै २ पक्षबीच भएको झडप रोक्न प्रहरी नै परिचालन गर्नुपरेको छ । 

मीनभवन क्याम्पसमा डा. शेखर कोइराला पक्षको भेलामा संस्थापन पक्षले आक्रामण गरेपछि झडपको स्थिति आएको नेविसंघका एक नेताले जानकारी दिए । 

काठमाडौं प्रहरी परिसरका एसएसपी दानबबहादुर कार्कीले नेविसंघका २ पक्षको झडप रोक्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए । 

स्थितिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी उनले दिए । 

शेखर पक्षले केही दिन अगाडिबाट राय संकलनका लागि क्याम्पस क्याम्पसमा भेला गर्दै आएको छ । 

स्ववियु चुनावलाई लक्षित गर्दै नेविसंघको भेला गर्दै आए पनि शेखर पक्षले पनि समानान्तर भेला गरेपछि स्थिति तनावग्रस्त बनेको छ । 

नेविसंघ केन्द्रले सोमवार स्ववियु चुनावलक्षित भेला बाल्मीकि क्याम्पसमा राखेको थियो तर यही समयमा शेखर पक्षको भेला मीनभवन क्याम्पसमा बोलाइएपछि हस्तक्षेप भएको एक नेताले जानकारी दिए । संस्थापन पक्षले बाहिरबाट गेट नै बन्द गरिदिएपछि झडपको स्थिति आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्