०३ साउन २०८३, आइतबार

सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : डा. कोइराला

सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य हुँदैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा न्यायालयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति उनले आपत्ति जनाए ।

नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन् । यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

कांग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तर्क्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले आगामी उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा कांग्रेसले जसरी पनि जित्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले देशको आर्थिक अवस्था भयावह रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्