×

NMB BANK
NIC ASIA

जो टिकटकबाट उदाए

टिकटकबाट म्युजिक भिडियोमा : गरिमा, गीता, सुधीरदेखि मिस पबिसम्म

माघ २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चाहे सर्वसाधारण हुन्, चाहे सेलिब्रेटी, हरेक क्षेत्र र हरेक उमेरसमूह माझ लोकप्रिय छ टिकटक । 

Muktinath Bank

चिनियाँ एप टिकटकको प्रयोगकर्ता नेपालमा पनि लाखौं छन् । पछिल्लो समय त नेपालमा यसको प्रयोग अझ व्यापक भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामीहरू देख्दै आइरहेका छौं कतिपय गुमनाम मानिसहरू टिकटककै कारण रातारात ‘भाइरल’ बनिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

मेला महोत्सवमा कलाकारहरूको प्रस्तुतीमा रमाएको भरमा दर्शकहरू भाइरल भइरहेका छन्, टिकटककै कारण । कतिपयले टिकटकबाटै आफ्नो उत्पादनको प्रचार पनि गरिरहेका छन् । 

Vianet communication
Laxmi Bank

पछिल्लो समय टिकटकमा धेरै विकृति देखिएको गुनासो आएपनि यसले धेरैलाई अवसरको ढोका पनि खोलिदिएको छ । यहाँ चर्चा गर्न खोजिएको हो, टिकटकबाट म्युजिक भिडियोमा उदाएकाहरूको । 

उनीहरूका लागि टिकटक फगत मनोरन्जनको माध्यम मात्रै नभएर अभिनय करिअर शुरू गर्ने बलियो प्लेटफर्म बनिदिएको छ । जसले टिकटकमा राख्ने गरेका छोटो भिडियोबाट दर्शकको मन जित्दा म्युजिक भिडियोमा अवसर पाएका छन् । 

टिकटकमा देखाएको प्रतिभाका कारण म्युजिक भिडियोमा उदाउनेहरूमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडादेखि पछिल्लो समयमा अंश वर्मा, पवित्रा साँकी ‘मिस पबि’सम्म छन् । 

टिकटकबाट भिडियोमा उदाएकी गरिमा शर्मा त यतिबेला चलचित्रमा समेत डेब्यू गरिसकेकी छिन् । टिकटकबाट उदाएका सुधीर श्रेष्ठ, गीता ढुंगानालगायत म्युजिक भिडियोमा छाइरहेका छन् । 

म्युजिक भिडियोमा उदाएका टिकटक स्टारमध्ये पुरुषभन्दा महिला धेरै छन् । टिकटकबाट म्युजिक भिडियोमा उदाएका केही भने गुमनाम पनि भइसकेका छन् ।

अब चर्चा गरौं, टिकटकबाट उदाएका सेलिब्रिटीहरूबारे :

प्रिज्मा– प्रिन्सी खतिवडा

‘ट्विनी गर्ल्स’ नामबाट टिकटकमा चर्चामा आएका जुम्ल्याहा दिदीबहिनी हुन्, प्रिज्मा–प्रिन्सी खतिवडा । 

टिकटक भित्रिएको छोटो समयमै लाखौं फलोअर्स र लाइक पाउने प्रयोगकर्ता बनेका उनीहरूका भिडियो निकै रुचाइए । 

फलस्वरूप उनीहरू म्युजिक भिडियोमा उदाए र निरन्तर सक्रिय रहे । अहिले टिकटकमा ७३ लाख बढी फलोअर्स कमाएका उनीहरूले थुप्रै म्युजिक भिडियोमा सँगसँगै अभिनय गरिसकेका छन् । 

‘हाम्रो माया जिन्दावाद’, ‘रनभुल’, ‘झुमा झुमा’, ‘बाजा बजाउँदै’, ‘तिम्रै मायाले’, ‘बाजा बजाउँदै’, ‘यस्तो बनोस् मेरो तीज’, ‘तिम्रो मन बदलिएछ’ उनीहरूले अभिनय गरेका चर्चित म्युजिक भिडियो हुन् । 

यी जुम्ल्याहा दिदीबहिनीले ‘लभ डायरिज’ चलचित्रको गीतमा समेत नृत्य गरेका छन् । पछिल्लो समय पनि उनीहरू म्युजिक भिडियोमा देखिँदै आएका छन् । उनीहरूले विभिन्न विज्ञापनहरूमा समेत अभिनय गरेका छन् । 

गीता ढुंगाना

अहिलेकी सर्वाधिक व्यस्त मोडल गीता ढुंगाना टिकटकबाटै उदाएकी हुन् । टिकटकमा एक हिसाबको चर्चा कमाएपछि उनी ‘ओए काजल’ बोलको गीतबाट म्युजिक भिडियोमा उदाएकी थिइन् । 

पहिलो गीत नै निकै रुचाइएपछि उनी निरन्तर मोडलिङमा सक्रिय छिन् । उनले मोडलिङ गरेका ‘चौका दाउ’, ‘झमझम झम्कना’, ‘खोली तारिदेउन माझी दाइ’, ‘सरर भागौंला’ लगायतका गीत निकै चर्चित छन् । हिजोआज पनि नियमितरूपमा उनका म्युजिक भिडियोहरू सार्वजनिक भइरहेका हुन्छन् । 

सुधीर श्रेष्ठ

म्युजिक भिडियोमा छाइरहेका मोडल सुधीर श्रेष्ठ पनि टिकटकबाट उदाएका प्रतिभा हुन् । श्रीमती रोशनी श्रेष्ठसँगको सहकार्यमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठका चलचित्रका गीतमा छोटो प्रस्तुति दिएर उनी दर्शकमाझ रुचाइएका थिए । ‘ए है माया’बोलको गीतमा अभिनय गरेपछि उनी म्युजिक भिडियोमा खोजिँदै गए ।

‘सुनन पियारी’, ‘कुरा काट्ने मान्छेले’, ‘माया गरौंला’, ‘नबोली नबोली’ सुधीरका निकै रुचाइएका भिडियोहरू हुन् ।

यतिबेला पनि उनको अभिनय रहेको ‘मन पराउने हजारौं छन्’ चर्चाको शिखरमा छ । जसका उनी श्रीमती रोशनी श्रेष्ठसँगै प्रस्तुत छन् । 

गरिमा शर्मा

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी गरिमा शर्मा टिकटकबाटै उदाएकी मोडल हुन् । उनले मोडलिङ गरेका ‘नबोली नबोली’, ‘एउटा सपना छ’, ‘दिन गिन गिन’, ‘पर्दैन पर्दैन मलाई फकाउन’ जस्ता थुप्रै म्युजिक भिडियोहरू रुचाइएका छन् । 

गरिमा यतिबेला चलचित्रको अभिनेत्री समेत बनिसकेकी छिन् । उनको अभिनय रहेको ‘लन्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । नीता ढुंगाना र हरिहर अधिकारीको चलचित्र ‘ह्रस्वदीर्घ’मा पनि गरिमाले अभिनय गर्दैछिन् ।

रेश्मा घिमिरे

मोडल रेश्मा घिमिरे पनि टिकटकबाट चर्चामा आएकी हुन् । 

पहिले चलचित्रमा अभिनय गरेपनि नोटिस हुन नसकेकी घिमिरे पछि टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा छाएकी हुन् ।

‘टिकटक क्विन’ उपनामले परिचित घिमिरेका ‘इन्स्टाको फोटो’ ‘कल्लाई थाहा छैन’, ‘हेरन कान्छी’, ‘गलबन्दी पछ्यौरी’, ‘मन बुढो भएन’, ‘हिजो अर्कैसँग देखें’ लगायतका थुप्रै म्युजिक भिडियो चर्चित छन् । 

पछिल्लो समय भने उनले अभिनय गरेका म्युजिक भिडियो सार्वजनिक हुने क्रम केही घटेको छ । उनको अभिनय रहेको चलचित्र ‘अन्तिम संस्कार’ प्रदर्शनका लागि तयार छ । 

उषा उप्रेती

उषा उप्रेती पनि टिकटकबाट म्युजिक भिडियोमा उदाएकी मोडल हुन् । उनले पनि थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।  

‘घरमा कोही नहुँदा’, ‘ए माया’, ‘रेलिमै’ जस्ता उनका भिडियो निकै रुचाइएका छन् । 

केही दिनअघि मात्रै उनको अभिनयमा ‘मेरो मनमा तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्मारिका–समारिका ढकाल

जुम्ल्याहा दिदीबहिनी स्मारिका–समारिका ढकाल पनि टिकटकबाटै म्युजिक भिडियोमा उदाएका हुन् । 

टिकटकमा चर्चामा आएपछि मोडलिङमा उदाएका उनीहरूले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । 

हिजोआज पनि उनीहरूका म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । यी दिदीबहिनीले थुप्रै भिडियोमा सँगै अभिनय गरेका छन् भने उनीहरू छुट्टाछुट्टै रूपमा पनि भिडियोमा देखिँदै आएका छन् ।

विना राउत

मोडल विना राउत पनि टिकटकबाटै चर्चामा आएकी हुन् । मोडल सरोज राना प्रजासँग उनले बनाउने भिडियो टिकटकमा निकै रुचाइने गरेका छन् । टिकटकमा चर्चा हुनुअघि नै म्युजिक भिडियो खेलेपनि टिकटकमा चर्चामा आएपछि उनको व्यस्तता ह्वात्तै बढेको हो ।

‘तोरी तेल लाएर कपाल कालो भो’, ‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् । म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो छ । 

मञ्जिल बस्नेत

म्युजिक भिडियोमा जमिरहेका मञ्जिल बस्नेत पनि टिकटकबाटै उदाएका हुन् । टिकटकमा थुप्रै फ्यान कमाएका उनका म्युजिक भिडियोलाई पनि दर्शकहरूले रुचाउँदै आएका छन् ।

‘रनभुल’, ‘घाममा सुकाइदेऊ’, ‘तरकारी’, ‘लभ लेटर’, ‘हुन्छ खोसाखोस’ लगायतका उनको अभिनय रहेका भिडियोले लाखौं भ्युज पाएका छन् ।  

मिस पबि

मिस पबि पनि टिकटकबाट म्युजिक भिडियोमा उदाएकी मोडल हुन् । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । पछिल्लो समय उनले एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् । 

म्युजिक भिडियोमा उनको व्यस्तता बढेको भने धेरै भएको छैन । डेढ महिनाअघि सार्वजनिक ‘जुम्ला’ बोलको गीतले चर्चा पाएसँगै उनलाई एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङका लागि ‘अफर’ आउन लागेको हो । त्यसयता उनका आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् भने उनले वेब सिरिज र टेलिसिरियल ‘मेरी बास्सै’मा समेत अभिनय गरिसकेकी छिन् ।

विजय पुन 

अहिले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका मोडल विजय पुन टिकटकबाटै चर्चामा आएका हुन् । 

‘पत्थरको मुटु’ भनेर उनले टिकटकमा पोस्ट गर्ने वियोगान्त भिडियोलाई दर्शकहरूले रुचाउँदै आएका थिए । 

मोडल पुनले छोटो समयमा राम्रै संख्यामा म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘पत्थरको मुटु’, ‘कञ्चन’, ‘अभागी’, ‘घर कता हो बैनीको’, ‘मन भुल्छ’ लगायत गीतको भिडियोमा मोडल पुनको अभिनय हेर्न सकिन्छ । गत शुक्रवार मात्रै पनि उनको अभिनयमा ‘पिरती’बोलको गीत सार्वजनिक भएको छ । 

अंश बर्मा

अंश बर्मा चर्चित टिकटक स्टार हुन् । टिकटकमा २४ लाखभन्दा बढी फलोअर्स कमाएका उनी पनि म्युजिक भिडियोमा उदाएका छन् । 

‘सुन चाँदी धन सम्पत्ति’, ‘मेरी राइझुमा’, ‘छैन मन यो वशमा’, ‘ए साइँली’, ‘तिमीले घात गरेऊ’ लगायतका म्युजिक भिडियो अंश बर्माले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । 

अमृत–अमर दाहाल

अमर–अमृत दाहाल पनि टिकटकबाटै म्युजिक भिडियोमा उदाएका हुन् । यी जुम्ल्याहा दाजुभाइले थुप्रै म्युजिक भिडियोमा संगै सहकार्य गरेका छन् । 

‘बरीलै’, ‘दाउ लागे बिहे गरौंला’, ‘छल छल’, ‘मुटुमा खिल बस्यो’, ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ लगायतका गीतको भिडियोमा उनीहरूको नृत्य हेर्न सकिन्छ । 

जो केही समय जमे, अहिले गुमनाम देखिएका छन् 

टिकटकबाट म्युजिक भिडियोमा उदाएकामध्ये केही भने अहिले गुमनामजस्तै देखिएका छन् । 

टिकटकबाट पाएको लोकप्रियताकै कारण जुम्ल्याहा दिदीबहिनी दीपा–दमन्ता श्रेष्ठले म्युजिक भिडियोमा काम पाए ।

‘दीपादमन्ता’ नामबाट टिकटकमा २९ लाख बढी फलोअर्स कमाएका यी दिदीबहिनीले केही समय राम्रै संख्यामा म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनीहरू हिजोआज भने म्युजिक भिडियोमा देखिन छाडेका छन् ।

‘अमिलो निम्बु’, ‘पारै मिलेन’, ‘साडी मलमल’, ‘सुनको चन्द्रमा’ लगायतका थुप्रै गीतको भिडियोमा उनीहरूको अभिनय हेर्न सकिन्छ । 

अर्की, टिकटक स्टार श्रेया सिटौला पनि हिजोआज म्युजिक भिडियोमा देखिन छाडेकी छिन् । टिकटकबाट पाएको चर्चाका कारण उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाएकी थिइन् । 

‘कान्छी मट्याङ ट्याङ’, ‘त्यस्तै त्यस्तैमा’, ‘केटो अलि कमाउने होस्’, ‘मै मरी जाम’ लगायतका गीतको भिडियोमा श्रेयाको अभिनय हेर्न सकिन्छ । पुरु सिग्देल, प्रकाश चन्दलगायत पनि टिकटकबाट उदाएर केही म्युजिक भिडियोमा देखिएका थिए ।

हिजोआज भने उनीहरू म्युजिक भिडियोबाट गुमनामजस्तै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x