०७ असार २०८३, आइतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिका–१३ चागलमा बा३ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका विजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमवार दिउँसो मृत्यु भएको छ ।

ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकै सडकमा मधेश प्रदेश ०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतवार साँझ दुर्घटना हुँदा सर्लाही हरिवन नगरपालिका–७ बस्ने चालक ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ सिवगढियामा लु२त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करीब १५ मिटर तल खसेर आइतवार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका–६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ तेलारमा लु१क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीका छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमवार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

बझाङको केदारस्यु गाउँपालिका–४ बजुवामा सुप प्रदेश ०१००१ ख ३०७१ नम्बरको ट्रक र सुप प्रदेश ०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमवार बिहान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ । 

कास्कीको पोखरा महानगरपालिका–५ जिरोकिमिमा ग१६प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहुँको म्याग्दे गाउँपालिका–३ कोइरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्