०६ असार २०८३, शनिबार

पहाडी क्षेत्रमा मूल्यवृद्धिको चाप बढी

पहाडी क्षेत्रमा मूल्यवृद्धिको चाप बढी
फाइल फोटो

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ३० प्रतिशत बराबर रहेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ६ दशमलव ९३ प्रतिशत, तराईमा ७ दशमलव ४९ प्रतिशत, पहाडमा ७ दशमलव ३० प्रतिशत र हिमालमा ६ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ पुस महिनामा यी क्षेत्रमा क्रमशः ५ दशमलव २८ प्रतिशत, ६ दशमलव १५ प्रतिशत, ५ दशमलव ३४ प्रतिशत र ५ दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ५७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८ दशमलव ८४ प्रतिशतले बढेको छ ।

गैै–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १६ दशमलव ४३ प्रतिशत, स्वास्थ्यको ११  दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८ दशमलव ७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८ दशमलव ६८ प्रतिशत र फर्निसिङ्् तथा घरायसी उपकरणहरूको ८ दशमलव ३३ प्रतिशतले मूल्य बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्