२५ जेठ २०८३, सोमबार

नायक पल शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतको आदेश

नायक पल शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतको आदेश

बाल यौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ । 

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई २ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएकोमा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 

फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश दिएको शाहका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन् । नवलपुर अदालतको फैसला भुक्तानका लागि शाह यतिबेला तनहुँ कारागारमा छन् ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्