१० असार २०८३, बुधबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु,  तीन घाइते

दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । तीन जना घाइते भएका छन् । विगु गाउँपालिका  ४ लादुकमा सोमबार दिउँसो करिब १ बजे ट्याक्टर दुर्घटना भएको हो । सिंगटी लादुक सडकखण्ड अन्तर्गत चित्रेस्थित रमिते गोलाईमा ढुंगा लोड गरेको ट्याक्टर दुर्घटना हुँदा २४ वर्षीय किसन सार्कीकोे मृत्युभएको जिल्ला प्रहरी कार्यालय दोलखाका  प्रहरी निरीक्षक राजेश सिग्देलले बताए ।  

दुर्घटनामा जिवन नेपाली (२५), रामबहादुर नेपाली (२३) र सुरज खत्री (१८) घाइते भएको सिग्देलले जानकारी दिए । गम्भीर घाइते भएका सार्कीलाई थप उपचारका लागि सिँगटीबाट काठमाडौं पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि उनको शव पशुपति चौलागाँई स्मृति अस्पतालमा राखिएको प्रहरीले बतायो । 

घाइतेहरुको सिंगटीमा उपचार  भइरहेको प्रहरीको भनाइ छ ।  दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको सिग्देलले जनाए । 

salt training

कमेन्ट गर्नुहोस्