
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्ने तय भएको छ । सोमबार बस्ने भनिएको बैठक स्थगित भएसँगै बिहीबारका लागि अर्को बैठक तय गरिएको हो ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर सोमवारै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेश सभाको सोमवारको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।