
वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।
'दिगो विकास र समृद्व नेपालको लागि प्रविधि' भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा माघ २० गतेबाट उक्त ३ दिने प्रदर्शनी शुरु भएको थियो ।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन,पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, नेपाल इन्जिनियर्स एशोशिएशनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।
प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए ।
सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगितामा ९ वर्षदेखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।