
बलिउड कलाकार राखी सावंतका पति आदिल दुर्रानी पक्राउ परेका छन् ।
मुम्बई प्रहरीले उनलाई पक्राउ गरेर ओसिवारा प्रहरी स्टेसनमा राखेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उनको फोन जफत गरेको छ भने सोधपुछ गरिरहेको छ ।
कलाकार राखीमाथि कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मंगलवार बिहान पतिले कुटपिट गरेपछि राखीले प्रहरीलाई खबर गरेकी थिइन् । राखीले यसअघि पनि आफूमाथि कुटपिट हुने गरेपनि सञ्चारमाध्यममा नआएको बताइन् ।
राखीले आफू सम्झौता गर्न तयार नभएको बताइन् । उनले आफूले सम्बन्धविच्छेद गर्न चाहेको बताएकी छन् ।