२८ असार २०८३, आइतबार

प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन

प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेकि छन् । मंगलवार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गरेकि हुन् । 

सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी थिइन् । पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुगेकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । दुई दिने नेपाल भ्रमणका क्रममा मंगलवार बिहान नेपाल आएकी सामन्था आज बुधवार स्वदेश फर्किदै छिन् । उनले मंगलबार भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन समेत गरिन् । 

विद्यालयमा विद्यार्थीसँग बास्केट बल खेल्नुका साथै अन्तरक्रियासमेत गरेकि थिइन् । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल आएकी हुन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्