०५ असार २०८३, शुक्रबार

घोडाघोडीमा फागुन १८ देखि दश दिने महोत्सव हुने

घोडाघोडीमा फागुन १८ देखि दश दिने महोत्सव हुने

कैलालीको सुखडमा घोडाघोडी महोत्सव लाग्ने भएको छ । घोडाघोडी नगरपालिका १ मा फागुन १८ देखि २८ गतेसम्म घोडाघोडी महोत्सव २०७९ हुने आयोजकले जनाएको छ ।  

घोडाघोडी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुने बताइएको छ।  ‘कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, सम्वृद्ध घोडाघोडी विकासको आधार’ नारासहित महोत्सवको आयोजना हुने भएको हो। 

विश्व रामसार सूचीमा रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गादत्त जोशीले बताए। महोत्सवबाट संकलन हुने रकम उद्योग वाणिज्य संघको भवन निर्माणमा खर्च गर्ने उनले बताए । सामाजिक विकासमा सहयोग गर्ने लक्ष्यसमेत महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।  

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजले जनाएको छ। महोत्सवमा स्थानीय कला संस्कृतिको पर्दशनी, व्यापार तथा कृषि स्टलसमेत रहने समितिका महासचिव भवानीप्रसाद ढकालले बताए। महोत्सवबाट विभिन्न समुदायको कला, संस्कृतिको पहिचान तथा प्रवर्धन हुने विश्वास आयोजकले गरेको छ । 

महोत्सव १० दिन सञ्चालन हुनेछ। महोत्सवमा ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अवलोकन गर्न विद्यार्थीलाई  ५० र अन्यलाई ८० रुपैयाँका टिकट शुल्क तोकिएको महासचिव ढकालले बताए । महोत्सवबाट करिब आधा करोडको कारोबार हुने विश्वास उनले सुनाए । 

salt training

कमेन्ट गर्नुहोस्