०७ असार २०८३, आइतबार

चापाकोट देउराली सामुदायिक होमस्टे शुरु

चापाकोट देउराली सामुदायिक होमस्टे शुरु

चापाकोट पर्यटन प्रबर्धन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ शुरु भएको छ । महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे । फेवातल जोगाउन पोखरा २३ का वडाबासीको महत्वपुर्ण भुमिका रहेको उनले बताए । 

फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने उनको भनाइ छ । अरुको देशमा उत्पादन भएको अन्नमा भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन सबै लाग्नुपर्ने बताए । 

त्यसैगरी उद्घाटन कार्यक्रममा प्रदेश सभा गण्डकीका निर्वतमान संसद राजीव पहारी पोखरा २३ को विकाससका लागि आफुले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडाबासीले दुःख पाएको बताए । 

वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग पुग्ने बताए । माघ २८ गतेसम्म हुने मेलामा २५ हजारभन्दा बढीले अवलोकन गर्ने चापाकोट पर्यटन प्रवर्धन समितिका अध्यक्ष भिम पराजुलीले विश्वास व्यक्त गरे । महोत्सवमा नौमती बाजा, भजन, बाल नृत्यलगायत विभिन्न प्रतियोगितासमेत राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्