
मदाने गाउँपालिका–४ गैरागाँउ बस्ने चेतबहादुर बस्नेत र देवेन्द्र खत्रीको गोठमा मंगलबार आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि घरभित्र भएका सामान जलेर नष्ट भएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।