०२ असार २०८३, मंगलबार

सुन तोलाको २०० रुपैयाँले बढ्यो

सुन तोलाको २०० रुपैयाँले बढ्यो
प्रतिकात्मक तस्वीर

सुनचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २०० रुपैयाँले बढेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार १ लाख ४ हजार ८०० रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार १०० रुपैयाँ थियो ।

बुधवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्