
चीनको बलून अमेरिकी आकाशमा जासूसी गर्न आएको अनि त्यसलाई नष्ट गर्न बाइडन प्रशासनले ढिलाइ गरेको भन्दै एक रिपब्लिकन सांसदले सदनमै बलून बोकेर आएकी छन् ।
अमेरिकी समयअनुसार मंगलवार राति राष्ट्रपति जो बाइडनले स्टेट अफ द युनियन सम्बोधन गर्नुअघि रिपब्लिकन सांसद मार्जरी टेलर ग्रीनले बलून स्टन्ट गरेकी हुन् ।
तर बाइडनले ग्रीन लगायतका रिपब्लिकनहरूको आरोपलाई अस्वीकार गर्दै सम्बोधनमा चीनका अगाडि अमेरिका बलियो बनेको बताए ।
‘अहिले हामी विगत कैयौं दशकमा पहिलोपटक चीन वा संसारका अन्य कुनै पनि मुलुकसँग प्रतिस्पर्धा गर्नका लासग सबभन्दा बलियो अवस्थामा छौं । अमेरिकी स्वार्थलाई अघि बढाउन र संसारलाई लाभ दिलाउन म चीनसँग मिलेर काम गर्न प्रतिबद्ध छु । तर भ्रममा नरहनुस्– हामीले गत साता नै स्पष्ट पारिसकेका छौं । चीनले हाम्रो सार्वभौमसत्तालाई जोखिममा पारेमा हामी देशलाई सुरक्षा दिने सबैखाले कदम चाल्छौं । हामीले त्यो गरेर देखायौं ।’
चिनियाँ बलूनलाई अमेरिकी लडाकू विमानले क्षेप्यास्त्र प्रहार गरेर आन्ध्र महासागरमा खसाएको विषयलाई बाइडनले सन्दर्भ बनाएका हुन् ।
It’s just an innocent balloon… #SOTU pic.twitter.com/Q6saJYqcp8
— Rep. Marjorie Taylor Greene🇺🇸 (@RepMTG) February 7, 2023