
माध्यमिक तह अर्थात् हाईस्कूलको पढाइ सकेर कलेज भर्ना हुन १५–१७ वर्षको उमेर पुग्नुपर्छ तर एक जना ९ वर्षीय बालक कलेज भर्ना भएका छन् ।
अमेरिकाको साइबर चार्टर स्कूलमा पढेका डेविट बालोगनले ९ वर्षको उमेरमा हाईस्कूल पास गरेका छन् । उनी हालै बक्स काउन्टी कम्युनिटी कलेजमा भर्ना भएका छन् ।
उनी ३ कक्षामा पढ्दा शिक्षकले उनलाई ४ कक्षामा हुनुपर्ने भनेर भनेका थिए । त्यति नै बेला उनले आफूले १० वर्षको उमेरमा हाईस्कूल पास गर्ने लक्ष्य लिएका थिए ।
उनलाई आमाले पनि साथ दिएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । छोराले कम उमेरमै हाईस्कूल पूरा गरेपछि आमाबुवा गौरवान्वित भएका छन् ।