०५ साउन २०८३, मंगलबार
एमालेबाट संविधान दुर्घटनामा पर्ने डर

एमालेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं– गगन थापा

एमालेको राष्ट्रपति उम्मेदवारलाई हराउँछौं, हराएरै छाड्छौं– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान दुर्घटनामा पार्ने डरले पनि राष्ट्रपतिमा एमाले उम्मेदवारलाई पराजित गर्न लाग्ने बताएका छन् ।

विगतका राष्ट्रपतिको भूमिकाका कारण त्यस्तो डर उत्पन्न भएको उनले बताए ।

लोकतन्त्र संवाद केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई पराजित गर्न लाग्ने बताएका हुन् ।

‘पौस १० गतेसम्म हामी सत्ता गठबन्धनमा थियौँ, बिहान ८ बजे कांग्रेससँग मिटिङ गरेको एमालेले दिउँसो माओवादीलाई समर्थन गरेर छट्टु काम गरेको हो । हामी झुक्कियौँ । हिजो हिजो एमालेले झुक्काएजस्तै हामी पनि राष्ट्रपति निर्वाचनमा लाग्छौं’, थापाले भने ।

एमालेको राष्ट्रपति भयो भने फेरि संविधान दुर्घटनामा पर्ने खतरा रहेको उनले आरोप लगाए ।

‘एमालेको राष्ट्रपति भयो भने समानान्तर शक्तिको अभ्यास गर्छ, एउटा बालुवाटार र अर्को शीतलनिवासमा बसेर कार्यकारी अधिकार प्रयोग गर्न थाल्यो भने ठोकिएर संविधानमा दुर्घटनामा लैजान्छ’, थापाले भने, ‘हामी एमालेको राष्ट्रपति उम्मेदवालाई हराउँछौँ, हराएरै छाड्छौँ, प्रयत्न गर्छौं ।'

हिजोको राष्ट्रपतिको भूमिकाका कारण राष्ट्रपति को हुनेभन्दा पनि संविधानलाई दुर्घटनामा लैजाने हो कि भन्ने चिन्ता आफूहरूलाई लागेको उनले बताए। 'त्यो डरबाट मुक्त हुन चाहन्छौ,’ उनले भने। 

salt training

कमेन्ट गर्नुहोस्