१५ असार २०८३, सोमबार

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २ जनाविरुद्ध आरोपपत्र दायर

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित २ जनाविरुद्ध आरोपपत्र दायर

मुगुको श्री लोकप्रिय माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिता रावलसहित २ जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । 
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो । तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालले वाचनालयसहितको पुस्तकालय निर्माणको लागि विद्यालय कोषको रकम लिएको तर वाचनालयसहितको पुस्तकालय निर्माण नगरी रकम हिनामिना गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । 

त्यसका लागि बरालले २ लाख १५ हजार अनियमितता गरेको पुष्टि भएको भन्दै आयोगले सो बराबरको बिगो रकम कायम गरेको छ । साथै प्रतिवादी सदानन्द भट्टराईले उक्त विद्यालयका लागि पुस्तकालय निर्माण गरिदिने भनी झुट्टा विवरण तयार गरेको पाइएकाले सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

salt training

कमेन्ट गर्नुहोस्