०६ असार २०८३, शनिबार

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव रहने

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव रहने

देशभर पश्चिमी वायुको सामान्य प्रभाव रही आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ । 

आज राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराईमा हुस्सु लाग्नेक्रम जारी रहेकाले जनजीवन प्रभावित हुनेछ ।

सोहीअनुसार भोलि २९ गते आइतबार पनि देशको पहाडी भूभागमा सामान्य बदली रहने छ । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हिमपात पर्नेक्रम जारी रहने विभागको भनाइ छ । 

यसैबीच, फागुन १ गते सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । तराईमा लाग्ने बाक्लो कुहिरोका कारण एक दुई स्थानमा हवाई यातायात समेत प्रभावित हुने भन्दै विभागले चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्