०१ असार २०८३, सोमबार

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी, आइतबारसम्म मन्त्रीले शपथ लिने

लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी, आइतबारसम्म मन्त्रीले शपथ लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन्। सम्भवतः आइतबार प्रदेश मन्त्रिपरिषद विस्तार हुनसक्ने उनको सचिवालयले जानकारी दिएको छ । यसअघि नेकपा (एमाले) बाट चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्ण केसी मन्त्रीको जिम्मेवारी पाएका छन् । 

नयाँ थपिने मन्त्रीहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित थारु सम्भावित सूचीमा छन्। माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्री पाउने करिब निश्चित भएको छ । महराले आर्थिक मामिला मन्त्री बन्नेछन् । बाँकी ७ मन्त्रालय साना दललाई समेत मिलाउने गरी एमालेले तयारी थालेको छ । 

एमालेबाट विष्णु पन्थी, तुल्सीराम शर्मा, दुर्गा थारु मन्त्री बन्ने सम्भावना छ । पन्थीले स्वास्थ्य मन्त्रालय पाउने प्रवल सम्भावना छ। मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेलाई ४, माओवादीलाई ३ तथा राप्रपा, जनमत र जसपाले एक एक मन्त्रालय लिनेगरी दलहरुले समझदारी बनेको छ । नागरिक उन्मुक्ति पार्टी माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएको छ । 

आइतबार शपथका लागि प्रदेश सरकारले तयारी थालेको मुख्यमन्त्री कार्यालयका एक सदस्यले बताए । पुस २७ मा सात दलको समर्थनमा मुख्यमन्त्रीमा एमालेका नेता लिला गिरी नियुक्ति भएका थिए । त्यसको भोलिपल्ट पुस २८ मा मुख्यमन्त्रीसँगै दुई जना मन्त्रीले शपथ लिएका थिए । तर उनीहरुको मन्त्रालय जिम्मेवारी टुंगिएको छैन । अहिले विनाविभागीय मन्त्रीको रुपमा रहेका छन् । 

मुख्यमन्त्री पाएको एमालेले माओवादी केन्द्रलाई अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको माओवादी केन्द्रले जनाएको छ । माओवादीले कुल ३ मन्त्रालय पाउनेछ । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले अर्थ, भौतिक पूर्वाधार र आन्तरिक मामिला पाउनेगरी सहमति भएको बताए ।

माओवादीबाट दलका नेता जोखबहादुर महरा अर्थमन्त्रालयल लिएर सरकारमा पार्टीको नेतृत्व लिनेछन् । अन्य एक मन्त्रीमा टुंगो लाग्न बाँकी रहेको बरालले बताए । यसअघि मन्त्री बनिसकेका इन्द्रजित चौधरी, स्वतन्त्रबाट जितेर माओवादी प्रवेश गरेका रोल्पाका दिपेन्द्र पुन तथा दाङ ३ को (२) बाट निर्वाचित धनबहादुर मास्की बलियो दावेदार रहेको उनको भनाइ छ । 

एमालेबाट लिला गिरी मुख्यमन्त्री र उपनेता चेतनारायण आचार्य मन्त्री बनिसकेका छन् । एमालेले शहरी विकास, सामाजिक विकास, स्वास्थ्य मन्त्रालय पाउने  भएको छ । शहरी विकासमा चेतनारायण आचार्यले दावी गरेका छन् । स्वास्थ्य वा सामाजिक विकासमा विष्णु पन्थीको प्रवल सम्भावना छ । 

अन्य दुई मन्त्रीमा एमालेबाट आकांक्षी धेरै भएकाले मिलाउने प्रयास भइरहेको सो दलले जनाएको छ । जसपा, राप्रपा र जनमत पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाइसकेको बताइएको छ ।

राप्रपाले कपिलवस्तुका जानकीप्रसाद यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ । राप्रपाका प्रदेश अध्यक्ष प्रदीप उदयका अनुसार राप्रपाले उद्योग तथा पर्यटन वा सामाजिक विकासमध्ये एउटा मन्त्रालय पाउने छ । जनमत पार्टीबाट रुपन्देही ५ को (२) बाट निर्वाचित संसदीय दलका नेता चन्द्रकेश गुप्ता सरकारमा जाने भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्