०२ असार २०८३, मंगलबार

नेपाल प्रहरीमा १३७ जनाको लागि नयाँ भर्ना आव्हान

नेपाल प्रहरीमा १३७ जनाको लागि नयाँ भर्ना आव्हान

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । 

प्रहरी कार्यालयका अनुसार भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो । सो पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम भर्न र बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्