१५ असार २०८३, सोमबार

लागूऔषधसहित साह पक्राउ

लागूऔषधसहित साह पक्राउ

वीरगञ्ज महानगरपालिका –१९ विन्दावासिनीबाट अवैध लागूऔषध गाँजा १ केजी ८ सय ग्रामसहित बहुदरमाई नगरपालिका –६ गमहरिया बस्ने ४० वर्षीय धुरन साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बिन्दाबासिनीबाट खटिएको प्रहरीले साहलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्