०१ असार २०८३, सोमबार

बिहेभोज खाएर फर्किँदा भीरबाट लडेर मृत्यु

बिहेभोज खाएर फर्किँदा भीरबाट लडेर मृत्यु

मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झन्डै ४० फिट तल खसेका थिए ।

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्