
विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार संखुवासभाको चैनपुर नगरपालिका-११ स्थित किङरिङ बस्ने ५६ वर्षीय जित बहादुर जिमी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी खोटाङको रावाबेशी गाउँपालिका-३ रबुवा दोभानस्थित दुधकोशी नदीको किनारमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ बस्ने ३७ वर्षीय जित बहादुर माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काभ्रेको बनेपा नगरपालिका-५ वपी बस्ने ५२ वर्षीया पबित्रा श्रेष्ठ खड्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् भने भोजपुरको भोजपुर नगरपालिका-१० धातखर्क बस्ने ७० वर्षीय प्रेम नुर्बु शेर्पा आफ्नै घरनजिक गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी भोजपुर, षडानन्द नगरपालिका-१३ गुम्बा टोल बस्ने ६१ वर्षीय फत्ते बहादुर तामाङ आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।