३२ असार २०८३, बिहीबार

‘राजीनामा दिएकी’ केसीलाई लुम्बिनी प्रदेश सरकारले बनायो कानुनमन्त्री

‘राजीनामा दिएकी’ केसीलाई लुम्बिनी प्रदेश सरकारले बनायो कानुनमन्त्री

लुुम्बिनी प्रदेशको विना विभागीय मन्त्रीको रुपमा शपथ लिएकी कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 
उनले जिम्मेवारी नपाएपछि राजीनामा दिएको चर्चाका बीच मुख्यमन्त्री लीला गिरीले कानुनमन्त्री बनाएका हुन् । प्रदेश मन्त्रिपरिषद्मा उनको वरीयता छैटौँ स्थानमा रहेको छ ।

आजै माओवादी केन्द्रका नेता सुदर्शन बरालले केसीले राजीनामा दिएको बताएका थिए । तर मुख्यमन्त्रीको सचिवालयले भने राजीनामा पत्र आइनसकेको बताएको थियो । 

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । उनी बाँकेबाट निर्वाचित भएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्