
नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, प्रथम उपाध्यक्षमा मेखबहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहेका छन् । महासचिवमा प्रकाश श्रेष्ठ पुनः दोहोरिएका छन् । उपमहासचिवमा गोपाल खेतान रहेका छन् भने सचिवमा गंगाबहादुर अधिकारी रहँदा कोषाध्यक्षमा गणेशप्रसाद अधिकारी र सहकोषाध्यक्षमा सुरेशकुमार भट्टराई सर्वसम्मत चयन भए ।
यस्तै, सदस्यहरुमा प्रदीपकुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिषराज श्रेष्ठ, कमल नेपाल, दिलिपकुमार गुप्ता, कृष्णराज ढुंगाना, रंञ्जितकुमार अग्रवाल, पुरुषोत्तम अधिकारी र शिबराज लामिछाने रहेका छन् ।
२०४७ मा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।
नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफू नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी महासचिव श्रेष्ठले संस्थाले सरकारले भन्दैआएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारसँग सहकार्य र सँगसँगै आफूहरुका माग पूरा गराउन दवाव दिने बताए ।