
इंग्लिस प्रिमियर लिग अन्तरगत गएरातिको खेलमा शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ ।
आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा आर्सनलका लियान्द्रो ट्रोससार्ड गोल गरेर सुरूवाती अग्रता दिलाएका थिए तर ब्रेन्टफर्डका इभान टोनीले बराबरी गोल फर्काए ।
घरेलु मैदानमा आर्सनले ६६औं मिनेटमा बुकायो साकाको पासमा ण्लियान्द्रो ट्रोससार्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । तर, आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन ।
७४औं मिनेटमा इभान टोनीले क्रिष्टियन नोरगार्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।