×

NMB BANK
NIC ASIA

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाविधेशनमा केन्द्रीय सचिवमा मकवानपुरबाट विद्यार्थी नेता सन्तोष पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि स्थायी कमिटी सदस्य रहेका पौडेलले फागुन २ गतेदेखि ४ गतेसम्म हुन लागेको महाधिवेशनमा केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन । 

Muktinath Bank

हेटौंडाको सिद्धार्थ माबिबाट अनेरास्ववियूमा संगठित भएर २०६१ सालदेखि बिद्यार्थी राजनीतिमा लगेका उनी २०६३ सालमा अनेरास्ववियु नगर कमिटी हेटौंडाको सदस्य, २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिव, २०६६ सालमा मकवानपुर बहुमुखी क्याम्पस तथा नगर कमिटीको अध्यक्ष भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै २०६७ सालमा अनेरास्ववियू मकवानपुरको २३ औं जिल्ला सदस्य, २०६८ मा भएको २४ औं जिल्ला सम्मेलनबाट कोषाध्यक्ष, २०६९ मा २५ औं जिल्ला सम्मेलनबाट उपाध्यक्ष एवं २०७१ मा भएको २६ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । 


Advertisment
Nabil box
Kumari

यस्तै, यसअघि भएको २२ औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेल २०७७ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भएका थिए । नेपाल खुल्ला बिश्वबिद्यालयबाट राजनीतिशास्त्रमा एमफिल गरिरहेका पौडेल २०७८ असोजदेखि स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारीमा रहेका छन् । 

Vianet communication
Laxmi Bank

बागमति प्रदेश सह–ईन्चाजको जिम्मेवारी प्राप्त गरेपश्चात उनले अनेरास्ववियु केन्द्रीय कमिटिको निर्देशनअनुसार प्रदेश राजधानीमा निर्धारित आन्दोलनको नेतृत्व गरेका थिए । त्रिभूवन बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा एमए, नेपाल ल क्याम्पशबाट कानुन संकायमा स्नातक तथा मकवानपुर बहुमुखी क्याम्पसबाट अंग्रेजी र पत्रकारितामा स्नातक गरेका पौडेलले अनेरास्वयुको २३ औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय कमिटीको सचिवमा उम्मेद्वार दिने बताए । 

‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौँमा हुन लागेको महाधिबेशनले १७ जना पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५–१५ सदस्यीय कमिटी गठन हुने उनले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x