०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री देउवाको भारत भ्रमण, नेपाली दूतावासमा तामझाम

कात्तिक २०, २०७४
प्रधानमन्त्री देउवाको भारत भ्रमण, नेपाली दूतावासमा तामझाम

नयाँ दिल्ली, ७ भदौ– भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारतको राजधानी नयाँ दिल्ली आउँदैछन् । प्रधानमन्त्री देउवाको राजकीय भ्रमणको सबै तयारी तयारी पूरा भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।



प्रधानमन्त्री देउवालाई बुधवार मध्यान्ह भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछिन् । विमानस्थलबाट देउवा सीधै भारतीय राष्ट्रपति भवनमा जानेछन् । भ्रमण अवधिभर देउवा राष्ट्रपति भवनमा बस्नेछन् ।



प्रधानमन्त्री देउवाको सम्मानमा भारतमा रहेका नेपालीहरुले भारतस्थित नेपाली दूतावासमा विशेष कार्यक्रम समेत आयोजना गर्नेछन् ।



प्रधानमन्त्री देउवालाई स्वागत गर्न मंगलबारदेखि नै दिल्लीको बारखम्बा रोडमा रहेको नेपाली दूतावासमा विशेष तयारी सुरु भइसकेको छ ।



देउवालाई स्वगत गर्न ‘अफिसियल’ तयारी त पहिले देखि नै चलिरहेको थियो । तर मंगलबारदेखि भने दूतावासमा रंगरोगन गर्नेदेखि बगैंचा मिलाउनेसम्मका काम सुरु भएका छन् ।



करिव दुई दर्जन मजदुर परिचालन गरेर दूतावासलाई झकिझकाउ बनाउने काम पनि चलिरहेको छ ।



बुधवार (प्रधानमन्त्री दिल्ली उत्रिने दिन) विहान पुग्दा पनि दूतावास परिसरमा मजदुरहरु काममा व्यस्त देखिन्थे । भारतमा रहेका नेपालीहरुले प्रधानमन्त्री देउवाको सम्मानमा दूतावासमा नै विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्