जेठ ७, २०८०
यही वैशाख १५ गते नेपाल ब्याडमिन्टन संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिए । यो निवेदन ब्याडमिन्टन संघमा पछिल्लो केही व...
माघ २९, २०७९
केन्द्रीय कारागार सुन्धाराको भद्र बन्दीगृहमा चौकीदार, मूलनाइके तथा तिनीहरूसँग निकट एक समूहले अवैध आर्थिक साम्राज्य खडा गरेको पाइएको छ ।
कैदीबन्दीका तर्फबाट आएर गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेको एक पत्रले यस्तो खुलासा गरेको हो । जेलभित्रको आर्थिक साम्राज्य यति बलियो छ कि त्यहाँभित्र एक जनाको मासिक कमाइ २० लाखसम्म रहेको पत्रमा उल्लेख छ ।
रानीबारी हत्याकान्डका कसुरदार मनराज गुरुङले उक्त कारागारमा आफ्नो अवैध अर्थ-उपार्जनको साम्राज्य खडा गरेका हुन् । हत्या मुद्दामा २५ वर्षको कैद सजाय पाएका गुरुङ उक्त कारागारमा मूलनाइके हुँदै अहिले चौकीदार छन् ।
उनको साम्राज्यका मुख्य सहयोगी १८ वर्ष कैद तथा १८ लाख रुपैयाँ जरिवानासहितको सजाय पाएका ज्यान मुद्दाका कसुरदार वीरबहादुर तामाङ हुन् । ऐनविपरीत दुई कार्यकाल लगातार चौकीदार रहेका उनी गत साउनबाट मूलनाइकेका रूपमा रहेका छन् ।
गुरुङ र तामाङलाई सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका कसुरदार भगवान भन्ने सञ्जय स्माइली मगरले साथ दिने गरेका छन् ।
पत्रानुसार मनराजको मासिक आम्दानी २० लाख छ भने वीरबहादुरले मासिक १० लाख कमाउँछन् । उनीहरूका अर्का सहयोगी बुद्धिबहादुर गुरुङ मासिक ४ लाख कमाउँछन् । उनी १५ लाख जरिवानासहित १५ वर्षको कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।
त्यसैगरी ३५ वर्ष कैद सजाय भुक्तान गरिरहेका सहायक टेलिफोन नाइके भगवान भन्ने सञ्जय स्माइली मगरले मासिक २ लाख रुपैयाँ आर्जन गर्छन्। जेल उनीहरूका लागि अवैध रूपमा लाखौं लाख रकम आर्जन गर्ने थलो बन्न पुगेको छ ।
मनराज मूलनाइके छँदादेखिकै यो साम्राज्य अहिले उनी चौकीदारमा बढुवा भएपछि झन् झांगिएको छ ।
कैदीबन्दीले पठाएर गृहमा अलपत्र परेको पत्र गत असारको हो । मनराज साउनमा चौकीदार बनेका हुन् । पत्रमा मनराजलाई मूलनाइके र बीरबहादुरलाई चौकीदार भनी सम्बोधन गरिएको छ ।
कैदीबन्दीको पत्रानुसार यस्तो छ साम्राज्य (गत असारको अवस्था)
जेलभित्र चौकीदारको एउटा किराना पसल छ । त्यहाँका ११ सयजना कैदीबन्दीले खाद्यान्न, तरकारीदेखि नुनतेलसम्म त्यहीँ किन्नुपर्छ ।
पत्रमा उल्लेख भएअनुसार उक्त किराना पसलको रेखदेख तथा पसलमा बस्ने काम प्रकाश अधिकारीले गर्छन् । तत्कालीन समयमा बाहिर ६० रुपैयाँ प्रतिकिलोसम्ममा पाइने आलु त्यहाँ १ सय ५० रुपैयाँ प्रतिकिलोमा किन्नुपरेको पत्रमा उल्लेख छ ।
हरेक सामानको मूल्य बाहिरकोभन्दा दोब्बर-तेब्बर छ । उधारोमा सामान लिनेहरूको पैसा पसलवालाले आफूखुशी दोब्बर बनाइदिने गरेको आरोप पनि पत्रमा लगाइएको छ । त्यसरी तोकिएको रकम तिर्न आनाकानी गर्नेलाई कुटपिटदेखि शारीरिक र मानसिक यातना दिने काम समेत हुने गरेको पत्रमा उल्लेख छ ।
त्यसो त समय–समयमा भ्रमणका रूपमा बाहिरबाट निरीक्षण पनि हुने गर्छ। त्यस्ता निरीक्षणका बेलामा भने बाहिर पाइने मूल्यभन्दा ५ देखि ७ रुपैयाँ मात्र बढाएर मूल्यसूची राखिएको हुन्छ। बाहिरबाट ल्याउँदा ढुवानी खर्च भनेर मात्र त्यो रकम बढाइएको प्रस्टीकरण उनीहरूले दिने गरेका छन् । निरीक्षणमा आएको टोलीले सोध्दा डरका कारण कैदीबन्दीले वास्तविक जवाफ दिन सक्दैनन् ।
जेलभित्र चौकीदारकै सानो र ठूलो होटल तथा प्राइभेट भान्सा पनि छ । उक्त होटलमा नाइकेका रूपमा जगदीश खड्कालाई राखिएको भए पनि यसलाई मनराज गुरुङ निकटका प्रकाश अधिकारीले चलाउँछन् । प्रकाश अधिकारीलाई जेलभित्र स्पेसल नाइकेको पद दिइएको छ ।
उनले पसलबाट ५ लाख रुपैयाँ, ५ नम्बर भान्साबाट २ लाख ५० हजार रुपैयाँ र सानो होटलबाट २ लाख ५० हजार रुपैयाँ मासिकरूपमा चौकीदारलाई बुझाउँछन् ।
मनराज गुरुङले टेलिफोन बुथबाट नै लाखौं रुपैयाँ आम्दानी गर्ने गर्छन्। ११ सयजना कैदीबन्दीले प्रयोग गर्ने टेलिफोनबाट उनको मासिक आम्दानी ६ लाख रुपैयाँ छ । सरकारी पानीलाई हिटरबाट तातो बनाएर बेचेबापत उनले ३ लाख रुपैयाँ मासिक आम्दानी गर्छन्।
तातोपानीले नुहाउनका लागि कैदीबन्दीले उनलाई मासिक १५ सय रुपैयाँ तिर्नुपर्छ। तातोपानीले नुहाउनेको संख्या नै २ सय छ । उनले यसरी सरकारी पानीको व्यापार गरिरहेका छन्, जबकि पैसा तिर्न नसक्ने सामान्य कैदीबन्दीलाई पिउन, खाना बनाउन, लुगा धुन र नुहाउन समय–समयमा पानीको हाहाकार हुन्छ ।
तातोपानी र जिमहलको जिम्मेवारी मनराज गुरुङले आफू निकटका हरि ढकाललाई दिएका छन्। ढकालले उनलाई जिमबाट मासिक ३ लाख रुपैयाँ बुझाउँछन् । त्यसैगरी गुरुङलाई जेलभित्रको ठूलो होटलबाट मासिक २ लाख रुपैयाँ आउँछ ।
लागूऔषध मुद्दामा आएका राजकुमार राईलाई गुरुङले होटल नाइके बनाएका छन्। होटल नाइके बन्नका लागि राईले गुरुङलाई १८ लाख तिरेको चर्चा छ ।
होटल नाइके बन्नका लागि कुनै पनि कैदी बन्दीलाई २ देखि ३ वर्षसम्म लाग्छ तर पहिलेदेखि नै गुरुङसँग निकट रहेका राईलाई जेलमा आएको ६ देखि ७ माहिनाको अवधिमा नै होटल नाइके बनाइएको थियो ।
लुडो र चाइलिङ गेमबाट पनि गुरुङलाई मासिक २ लाख रुपैयाँ बुझाइन्छ । गेम मनराज गुरुङकै समूहमा रहेका टासी गुरुङ र संगम तामाङले चलाउँछन्।
त्यसबाहेक मनराज गुरुङको दुईवटा पुल हाउस पनि छ। दुवैबाट २/२ लाख गरी कुल ४ लाख रुपैयाँ उनले मासिक बुझ्ने गरेका छन् ।
पुल हाउसमा राति पनि गेम खेलाइन्छ । मान्छेहरूलाई जबर्जस्ती थर्काएर बोलाएर खेल्न बाध्य पार्ने गरेको पत्रमा उल्लेख छ । पुल हाउस गुरुङ समूहका मार्कर नुर्वु शेर्पाले चलाउँछन्। त्यसबाहेक च्यापु शप पनि गुरुङले सञ्चालन गरेका छन्।
त्यसैगरी गुरुङले आफू निकटका तीर्थनाथ उपाध्यायलाई सञ्चालन गर्न दिएको ह्याटुबाट पनि मासिक १ लाख ५० हजार रुपैयाँ बुझ्ने गरेका छन् ।
यसपालिको गणतन्त्र दिवसका अवसरमा कैदी बन्दीसँग मनराज गुरुङ, वीरबहादुर तामाङ र सञ्जय स्माइली मगरले ठूलो रकम असुली गरेको आरोप लागेको छ ।
कैदीबन्दीको आचरण सुधारको सिफारिश तथा सरुवामा उनीहरूको भूमिका हुन्छ । उनीहरूले तीर्थ महर्जनसँग १० लाख रुपैयाँ, प्रकाश अधिकारीसँग ३ लाख रुपैयाँ र फुर्तेन्जी शेर्पासँग २ लाख रुपैयाँ असुली गरेको पत्रमा उल्लेख छ । जेलभित्रको पुल हाउसबाट गणेश अर्जेलसँग ५ लाख रुपैयाँ लिएर उनलाई भीमफेदी कारागारमा सरुवा पठाइएको आरोप पनि पत्रमा लगाइएको छ ।
तीर्थनाथ उपाध्यायसँग २० लाख रुपैयाँ लिएर सानो होटल दिएको ४ महिनापछि उनलाई ७ लाख रुपैयाँ मात्र फिर्ता दिएर होटल खोसिएको छ । अहिले जगदीश खड्कालाई गुरुङले उक्त जिम्मेवारी दिएका छन् । खड्का मनराज गुरुङका गाउँले हुन् ।
सामान्य कैदीको भेटघाट समय ३० देखि ३५ मिनेटको हुन्छ, तर शनि नरसिंह राणा र समिरमानसिंह बस्नेतले ३ देखि ४ घण्टासम्म पनि भेट्न पाउँछन् ।
आर्थिक लेनदेन गरी कैदीबन्दीको माफी मिनाहा गराउने तथा अन्य कारागारमा सरुवा गराएर चौकीदार, मूलनाइके बनाउने धन्दा समेत गुरुङकै नेतृत्वमा चलाइएको छ ।
जेलभित्रको यो साम्राज्यमा दोलखाबाट प्रतिनिधित्व गर्ने एक पूर्वमन्त्री र एक पूर्व सभासदको संरक्षण रहेको आरोप पत्रमा लगाइएको छ ।
सञ्जय स्माइली, मन्सुर स्माइली र मनराज गुरुङ आउटडोर भएर बाहिरको प्रशासन चलाउने गरेका छन् । उनीहरूकै समूहका किस्मत भन्ने काजी हमाल र उमेश सारु मगर र शम्भु भन्ने सन्नी नरसिंह राणालाई आउटडोर बनाउने उनीहरूको तयारी छ ।
त्यसैगरी अन्य कैदीबन्दीहरू काजी हमाल, उमेश सारु मगर, प्रकाश अधिकारी, कृष्ण श्रेष्ठ, शनी नरसिंह राणा, हरि ढकाल, निसान्त रसाइली, समिरमान सिंह बस्नेत, अम्बर राना मगर, रोशन बुढाथोकी र रञ्जित माझीको समूह सबै मिलेर उक्त कारागारमा अन्य कैदीबन्दीलाई शोषण गर्ने गरेका छन् ।
यिनीहरू सबै भीआईपी सुविधासहितको बेडमा सुत्छन् । साधारण कैदी बन्दीहरूलाई सुत्नका लागि अत्यन्त कठिनाइ हुँदा पनि उनीहरूको ग्रुपचाहिँ सिंगल बेडमा होटलकोजस्तै सुविधासम्पन्न बनाएर सुत्ने गरेका छन् । यिनीहरूले आफ्नो खाना पनि बेडमै खाने गर्छन्। अरु कैदीलाई डर त्रास देखाएर काम गराउने गरेको आरोप पत्रमा लगाइएको छ ।
स्टार होटलजस्तो सुविधासम्पन्न बनाइएको उनीहरूको बेडरूममा खुकुरी, चक्कु स्ता हतियार समेत राखिएको आरोप पत्रमा लगाइएको छ । साथै उनीहरूले त्यहीँबसेर मदिरा सेवन गर्ने गरेको समेत पत्रमा उल्लेख छ ।
आन्तरिक प्रशासानसँग मिलेर मनराज गुरुङकै इशारामा वीरबहादुर तामाङलाई दोस्रोपटक चौकीदार बनाइएको थियो । त्यसक्रममा तत्कालीन जेलर लक्ष्मीप्रसाद बास्कोटालाई मोटो रकम बुझाएको आरोप छ । मनराज र जेलर सापकोटाको सेटिङमा कानून मिचेर वीरबहादुरलाई दोस्रोपटक चौकीदार बनाइएको पत्रमा उल्लेख छ ।
२०७९ असारमा गृह मन्त्रालय, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको सचिवालयसहित अन्य निकायमा हुलाकमार्फत जेलभित्रबाटै कैदीबन्दीले बेनामे उजुरी पठाएका थिए ।
उक्त कारागारमा कारागार प्रशासन, नेपाल प्रहरी, नेपाल प्रहरीकै अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पनि उपस्थिति छ । तर, उनीहरू मूकदर्शक बनेको आरोप उजुरीमा लगाइएको छ । असारमा आएको उजुरीका सम्बन्धमा गृह मन्त्रालयले अझैसम्म पनि कुनै छानबिन नगरेको गृह स्रोतको दाबी छ ।
'केन्द्रीय कारागारको मात्र होइन, देशभरका अधिकांश कारागारमा जेलर, चौकीदार, मूलनाइके आदिको मिलेमतोमा अवैध कारोबार गरेर लाखौं रुपैयाँ कमाइ खाने साम्राज्य खडा गरिएको छ,' गृह मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'खासमा त्यसो हुनुमा कारागार व्यवस्थापन विभाग नै मुख्य जिम्मेवार हो । विभागले जेलरमार्फत ती सबै कुरा नियन्त्रण गर्नुपर्ने हो।'
२०७९ साउनदेखि मनराज गुरुङलाई चौकीदार बनाइएको छ ।
हत्याजस्तो जघन्य अपराधमा कैद सजाय काटिरहेको व्यक्तिलाई कसरी चौकीदार बनाइयो भन्ने प्रश्नमा जेलर ललित बस्नेतले लोकान्तरसँग भने, 'जेलमा कम सजाय भएको अन्य मुद्दाका कैदीहरू सजाय भुक्तान गरेर गइहाल्छन् । लामो समय बस्ने भनेकै हत्या मुद्दाको कैदी हो। त्यसैले प्रायःजसो हत्या मुद्दाका कैदीलाई नै चौकीदार बनाउने गरिएको छ ।'
चौकीदार गुरुङले गरिरहेको अवैध असुलीका विषयमा आफूलाई थाहा नभएको उनले बताए। 'म यहाँ आएको केही दिन मात्र भएको छ। त्यसैले अवैध असुली तथा अन्य विषयमा बुझ्नै बाँकी छ । म छानबिन गर्छु,' बस्नेतले लोकान्तरसँग भने।
कारागार व्यवस्थापन कार्यविधि २०७३ मा चौकीदारको सुविधा बढीमा १ वर्षका लागि मात्र दिन सकिने उल्लेख छ । तर यसअघिका चौकीदार वीरबहादुरले लगातार २ कार्यकाल बिताएका थिए ।
कारागार व्यवस्थापन कार्यविधि २०७३ मा कारागारको कैदी वा थुनुवाहरूलाई सुविधाका निम्ती निजहरूले मागेको चिज पाउने गरी कारागार इलाकाभित्र कारागार प्रमुखले पसल राख्न दिने उल्लेख छ ।
'पसलेले बजारमा चलेको दररेटमा बिक्री गर्नुपर्छ। बजारमा चलेको दररेटमा घटीबढी गरेमा निजलाई उठाएर अर्को पसलको बन्दोबस्त मिलाउने काम कारागार प्रमुखले गर्नुपर्दछ । कारागारको मालसामान खरिद बिक्री गर्नुपर्दा कारागार प्रमुखले प्रचलित नेपाल कानूनबमोजिम गर्नुपर्दछ,' कार्यविधिमा भनिएको छ ।
हेर्नुहोस्, पत्र :
कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डे भने केन्द्रीय कारागार भद्र बन्दीगृहमा त्यस्तो अवैध काम केही पनि नभएको दाबी गर्छन् ।
'अन्य कारागार भएको भए म भन्न सक्दिनथें, त्यहाँका जेलरले नै भन्थे,' पाण्डेले लोकान्तरसँग भने, 'तर, म आफैं त्यहाँ पटक–पटक सामूहिकरूपमै निरीक्षण गर्न जाने गरेको छु। हामी जाँदा बाहिरभन्दा पनि सस्तोमा सामान पाइने गरी मूल्यसूची नै टाँसिएको हुन्छ ।'
बाहिर २५ रुपैयाँमा पाइने चिया १० रुपैयाँमा पाइने मूल्यसूची आफूहरूले देखेको उनले बताए। 'उजुरीमा भनिएका कुरा सत्य हुन् वा होइनन् यसै भन्न सकिएन,' उनले थपे, 'हामी त्यहाँ निरीक्षण गर्न जाँदा केही पाएका छैनौं । वकिलदेखि पढेलेखेका कैदीबन्दी समेत त्यहाँ हुन्छन् । त्यस्तो अन्याय भएको हो वा बढी मूल्य लिने गरेको हो भने कसै न कसैले त भन्थ्यो होला नि !'
कारागार व्यवस्थापन विभागका पूर्व महानिर्देशक प्रदीपराज कणेल चौकीदार बनाउन राजनीतिक नेतृत्व तहबाट नै दबाब आउने गरेको स्वीकार्छन् ।
आफूले त्यस्तो दबाब नमान्दा कारागार व्यवस्था विभागको महानिर्देशकबाट सिरहाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएको उनले स्मरण गरे ।
'खास गरेर आर्थिक कारोबार हुने, अवैध पैसा उठाउने, असुली हुनेजस्ता ठूल्ठूला कारागारमा फलानो व्यक्तिलाई चौकीदार बनाइदिनुपर्यो भनेर मलाई नै उच्च कार्यकारी राजनीतिक तहबाट दबाब आएको थियो,' कणेलले लोकान्तरसँग भने, 'खास गरेर डिल्लीबजार कारागारमा चौकीदार बनाइदिन भन्दै आएको प्रस्ताव नमानेपछि मलाई सरुवा गरी सिरहा पठाइएको थियो ।
कारागारमा प्रचलित मूल्यभन्दा बढी रकममा मालसामानहरू बिक्री भइरहेको हो भने जेलरले तत्काल त्यसलाई रोक्नुपर्ने उनले बताए ।
'कुनै–कुनै कारागारमा अवैध रकम कमाउनेहरूको ग्याङ, सिन्डिकेट तथा साम्राज्य नै खडा भएको मैले पनि अनुभव गरेको छु,' कणेलले थपे, 'तर, सबै कारागारमा भने त्यस्तो हुँदैन । ठूला कारागारमा त्यो समस्या छ । त्यसलाई जेलरले रोक्नुपर्छ ।'
चौकीदार फेर्दा कागजमा नामका लागि सामान्य कैदीबन्दीलाई राख्ने र पहिलेकै चौकीदारको वर्चस्व कायम रहने गरेको उनले बताए ।'राजनीतिक दलकै भ्रातृ संगठन, जानवर्गीय संगठनदेखि नेताका निकट रहेकाहरू चौकीदार बन्ने र धनार्जनको मुख्य अड्डा बनाउने गरेका हुन्छन्,' उनले थपे ।
यही वैशाख १५ गते नेपाल ब्याडमिन्टन संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिए । यो निवेदन ब्याडमिन्टन संघमा पछिल्लो केही व...
ब्याडमिन्टनका विभिन्न प्रतियोगितामा असम्बन्धित व्यक्तिहरूलाई पनि अमेरिका, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा पठाउने र उतै लुकाउने काममा नेपाल ब्याडमिन्टन संघको नेतृत्व नै क्रियाशील रहेको आरोप लागेको छ । अर्कातिर य...
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...
पछिल्लो ६ वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६१ जना पाइलटलाई कारवाही गरेको छ । नेपालमा वायुयान दर्ता भएको कम्पनी तथा जहाज उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पत्र प्राप्त पाइलटहरूमध्ये ६१ जनाला...
आठ वर्षदेखिको 'माइन्युट' गायब पारिएको विषयमा भ्रष्टाचारसम्बन्धी ऐन समेत आकर्षित हुने भएपछि 'नेपाल ब्याडमिन्टन संघ'मा खैलाबैला मच्चिएको छ । संघका पदाधिकारीहरू माइन्युटका विषयमा आरोपप्रत्यारोपम...
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रको ३ किलोमिटर सडकलाई ‘मृत्युमार्ग’ उपनामले चिनिन्छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर– ३ मा सिद्धबाबा मन्दिर क्षेत्रमा ...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...