०५ साउन २०८३, मंगलबार
संसदमा रघुजी पन्त

राष्ट्रपतिको सवारी जामले सांसदले लोगो छोपेर हिँड्नुपर्ने अवस्था आयो- रघुजी पन्त

राष्ट्रपतिको सवारी जामले सांसदले लोगो छोपेर हिँड्नुपर्ने अवस्था आयो- रघुजी पन्त

राष्ट्रपति विद्या भण्डारी संसदको सम्वोधनका क्रममा आउँदा भएको सवारी जामका कारण संसदको प्रतिक चिह्न (लोगो) छोपेर हिँड्नुपरेको सांसदले गुनासो गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर एमालेका रघुजी पन्तले राष्ट्रपतिको सवारी जाममा राजनीतिक दलका नेताप्रति गाली गरेको सुनेर आफू लोगो छोपेर हिँड्नुपरेको सुनाएका हुन् । 

सांसद पन्तले सरकारको कमजोरीका कारण राष्ट्रपतिको संस्थालाई विवादमा तान्ने काम भइरहेको बताए ।

‘राष्ट्रपतिको सवारी र त्यसपछिको जामको विषयलाई लिएर राष्ट्रपति संस्थाप्रति नकारात्मक टिप्पणी भइरहेको छ । यसअघिका राष्ट्रपति डा रामवरण यादवले पनि सरल बनाइयोस् भनेर प्रक्रिया सल बनाउनु भएको थियो’, सांसद पन्तले भने, ‘सरकारले सवारी चलाउने बारेमा किन सरकारले ध्यान दिएको छैन ? सरकारले किन पाइला नचाल्ने, राष्ट्रपति संस्थाको आलोचना मात्र गर्ने ? जनताको यो आवाजप्रति संवेदनशील भएर प्रधानमन्त्रीको तहबाट कदम चालियोस् ।’

salt training

कमेन्ट गर्नुहोस्