×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रपतिको सवारीमा कुटिएका डाक्टर

प्रहरीबाट कुटिएका डाक्टरको गुनासो– टाउकेहरूले सहमति गरे, हराएको सामान कसले दिन्छ ? [भिडियो]

माघ २९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका ट्रमा सेन्टरका डा. जाफिद आलमले सरकार र चिकित्सकहरूबीच भएको सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

yONNEX
Frooti
Appy

शुक्रवार राष्ट्रपति भण्डारी संसद्मा सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले डा. आलममाथि हातपात गरेका थिए । लोकान्तसँग आइतवार ट्रमा सेन्टरमा कुराकानी गर्दै डा. आलमले आफ्ना विषयहरू नसमेटी वार्ता र सहमति गरेकाले आफूलाई चित्त नबुझेको बताएका हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘माथि टाउकेहरूले आफ्नो हिसाबले वार्ता गर्नुभयो । मेरो विषयमा विज्ञप्तिमा कुनै पनि सम्बोधन भएको छैन,’ डा. आलमले भने, ‘प्रहरीले गरेको हातपातमा मेरा निजी कागजात र धनमाल हराएको छ । त्यस विषयमा पनि कुनै सम्बोधन भएको छैन ।’


Advertisment
Lokantar App
Saurya island

उनले ६० हजारको मोबाइल, १ लाख २० हजार पर्ने औंठी, घडी, पर्स र त्यसमा भएका डकुमेन्टहरू हराएको दाबी गर्दै त्यस विषयमा कुनै कुरा उल्लेख नगरी सहमति भएको गुनासो गरेका हुन् । हराएको धनमालबापत क्षतिपूर्ति उपलब्ध हुनुपर्ने उनको माग छ ।

JYOTI
Vianet communication

उनले आफूलाई इन्स्पेक्टरले लात हाने पनि तल्लो तहका कर्मचारीलाई मात्र निलम्बन गरिएको गुनासो पनि गरेका छन् । ‘मलाई एस.पी. नाम गरेर इन्स्पेक्टरले बुटले हानेका हुन् । उनलाई कारबाही किन भएन ? उनलाई उम्काउन अरूलाई मात्र कारबाही गरियो,’ डा. आलमले भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले उनको मोबाइल घटनास्थलमा भेटिएकाले प्रहरी वृत्त जनसेवामा सुरक्षित राखिएको तर उनले भनेअनुसारका अन्य धनमालका विषयमा जानकारी नभएको बताए ।

‘हामीले घटनाको दिन मोबाइल फेला पारेर प्रहरी वृत्त जनसेवामा सुरक्षित राखेको छौं, तर अन्य विषयमा जानकारी छैन,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।  

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २५, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सभापति रवि लामिछानेले मुलुकका अन्य समस्यालाई बिर्सेर संसदमा भैँसी र राँगोको विषयमा बहस भएकोमा लज्जित महसूस गरिरहेको बताएका छन् । उनले आफ्नो पार्टीका र नयाँ दलका सांसदले गरे...

जेठ २५, २०८०

देशभर अचाक्ली गर्मी बढेको छ । वर्षा नहुँदा गर्मी बढ्दै जनजीवन प्रभावित बनेको छ ।  जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले  अहिलेसम्म...

जेठ २६, २०८०

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।  बैठकमा आर्थिक वर्ष २०८०–८१ को  बजेटमाथिको ...

जेठ २६, २०८०

प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बिचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख ...

जेठ २६, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साका...

जेठ २५, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा भइरहेको आन्दोलनमा प्रधानमन्त्रीले दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले प्रदेश १ (कोशी प्र...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x