२३ असार २०८३, मंगलबार

रक्षामन्त्री हरि उप्रेती भारत प्रस्थान

रक्षामन्त्री हरि उप्रेती भारत प्रस्थान

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। 

भारतको बेंगलोर कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औँ संस्करणमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। 

मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन्। 

salt training

कमेन्ट गर्नुहोस्