२७ असार २०८३, शनिबार

रञ्जिता चौधरी भन्छिन्ः हाम्रा माग सम्बोधन हुन्छन् भने सुदूरपश्चिममा विश्वासको मत दिन्छौं

रञ्जिता चौधरी भन्छिन्ः हाम्रा माग सम्बोधन हुन्छन् भने सुदूरपश्चिममा विश्वासको मत दिन्छौं

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशको अघिल्लो सरकारले आफूहरुको माग सम्बोधन नगरेकाले विश्वासको मत नदिइएको बताएकी छन्। 

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले आफूहरूको माग सम्बोधन गर्ने, नगर्ने विश्वासको मत दिने बेलासम्म प्रतीक्षा गर्ने बताइन्। 

उनले भनिन्, ‘मुख्यमन्त्री बनिसकेपश्चात विश्वासको मत लिनेदिन सम्म हामीले हाम्रा मागहरू सम्बोधन गरिदिनुस् भनेर भनिरहेका थियौँ । सरकारलाई । त्यो सरकार ढलेर कांग्रेसको मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई पनि त्यही भनिरहेको छौँ । उहाँले विश्वासको मत पाउने नपाउने कुरामा त्यो दिनसम्म हाम्रा मागहरू सम्बोधन हुन्छ हुँदैन त्यो दिनसम्म हेर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्