०१ असार २०८३, सोमबार

परिवर्तन गर्ने अठोट गरियो भने मात्रै सकारात्मक परिणाम हासिल हुन्छ- प्रधानमन्त्री

परिवर्तन गर्ने अठोट गरियो भने मात्रै सकारात्मक परिणाम हासिल हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू  नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन्।

 नेपाल आर्थिक पत्रकार समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र समृद्धिको नयाँ यात्राका अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताए।

सरकारको प्राथमिकताहरू न्यूनतम् साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रचण्डले संसद्मा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे।

अब परम्परागत रूपले मुलुकको आर्थिक विकास र समृद्धिको चाहना पूरा नहुने भएकाले त्यसमा ‘रेडिकल रिफर्म’तिर जानुपर्छ भन्ने उनले जोड दिए।

संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीले मुलुकलाई सामाजिक न्याय सुशासन र समृद्धिको मार्गमा अगाडि बढाउने सङ्कल्प पूरा गर्न अर्थशास्त्रका जानकार सबैलाई आग्रह गरे।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अभियान चलाउँदै गर्दा पनि आफूले अबको मार्गभित्र आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गरेको समेत स्मरण गरे।

राष्ट्र र जनताका अगाडि गरेको सङ्कल्पलाई पूरा गर्न आफूले दृढ इच्छाशक्तिका साथ लागिपरेको  जानकारी दिँदै उनले परिस्थितिमा परिवर्तन ल्याउने अठोट गरियो भने मात्रै त्यसबाट सकारात्मक परिणाम हासिल हुने बताए।

सामाजिक न्यायलाई सम्बोधन गर्ने लक्ष्यका साथ संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र भनेर उल्लेख गरिएको निजी, सार्वजनिक र सहकारी क्षेत्रको समन्वयको विषयलाई जोड दिइएको प्रधानमन्त्री दाहालले स्पष्ट पारे।

salt training

कमेन्ट गर्नुहोस्