०७ असार २०८३, आइतबार

दरबारमार्गमा खुल्यो अर्गानिक रेस्ट्रो बार

दरबारमार्गमा खुल्यो अर्गानिक रेस्ट्रो बार

खाना परिकारका पारखीहरुका लाग दरवारमार्ग काठमाडौंमा अर्गानिक रेस्ट्रो बार सञ्चालनमा आएको छ । नेपाल फिल्म सोसाइटीका अध्यक्ष नायक तथा कलाकार कृष्ण मल्लले रेस्ट्रो बारको आज आइतबार उदघाटन गरे ।

कार्यक्रममा कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,  द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्माता मोहन कृष्ण श्रेष्ठ, कलाकार राजेश बिशुराल, गायक शंकरलाल श्रेष्ठ, लगायतका बिशिष्ठ कलाकारहरुको सो अवसरमा उपस्थिति थियो ।   

दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक बाताबरणमा खुलेको रेस्ट्रो बार खानाको पारखीहरुको लागि स्वादिष्ट, हाइजेनिक अन्तर्राष्ट्रिय स्तरको खानाहरुको गन्तब्य भएको सञ्चालकको भनाइ छ ।

बिहान १० बजेदेखि राति २ बजेसम्म सेवा प्रदान गरिने रेस्ट्रो बारका सञ्चालिका शितल श्रेष्ठले बताइन् । अग्र्यानिक तथा हाइजेनिक खानाका परिकार मात्र नभई हरेक दिन फरक फरक स्वादिष्ट परिकारको स्वाद लिन सकिने उनले बताइन् । 

कमेन्ट गर्नुहोस्