२३ जेठ २०८३, शनिबार

रसुवा भन्सारका पूर्वअधिकृत केसीविरुद्ध २ करोड १० लाखको भ्रष्टाचार मुद्दा

रसुवा भन्सारका पूर्वअधिकृत केसीविरुद्ध २ करोड १० लाखको भ्रष्टाचार मुद्दा

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा आज आयोगले केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

केसीविरुद्ध आयोगले २ करोड १० लाख १० हजार ८८३ रुपैयाँ बिगो मागदाबी गरेको छ। 

२०४३ सालमा सेवामा प्रवेश गरेका केसीले २०७८ सालसम्म रहँदा केसीले सरकारी सेवाबापत र स्वआर्जित घर बहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बीमाबाट प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी जम्मा ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ आर्ज गरेको देखिएको आयोगले जनाएको छ। 

तर केसीले सम्पूर्ण व्यय (खर्च तथा लगानी) हरूमा जम्मा ५ करोड ६१ लाख २६ हजार ५०२ देखिएको आयोगको ठहर छ। 

केसीले श्रीमती सुशीला पण्डितको नाममा जग्गाहरू खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दातलगायत गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको मुद्दा दायर गरेको जनाएको छ। 

त्यस्तै श्रीमती पण्डितलाई प्रतिवादी कायम गरी आयोगले स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई उनको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगोजफत गराउन पनि मागदाबी गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्